Skip to content
LAXMI SUNRISE BANK

१० वर्षदेखि फरार सूचीमा रहेका सांसद अरुण चौधरी पक्राउ

अर्थ सरोकार

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुण चौधरी पक्राउ परेका छन् । २०६६ सालमा ट्याक्टरमा आगो लगाएको आरोपमा अदालतबाट ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ क्ष्तिपूर्ति भराउने गरी भएको फैसला कार्यान्वयनका लागि प्रहरीले सांसद चौधरीलाई पक्राउ गरेको हो ।

फरार सूचीमा रहेका सांसद चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको डीआईजी पोषराज पोखरेलले बताए । ‘सांसद चौधरीलाई अदालतबाट भएको फैसला कार्यान्वयनको शिलशिलामा कोहलपुरबाट पक्राउ गरिएको हो’, उनले भने, ‘हाल चौधरीलाई जिल्ला अदालत कैलाली लैजादै छौँ ।’

कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद चौधरी अदालतको फैसला अनुसार सजाय नभोगी सांसद बनेका थिए ।

२०६६ साल भदौ ३ गते कैलालीको गाराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको ट्याक्टरमा आगो लगाएको भन्दै पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा जिल्ला अदालत कैलालीले ‘कसुर अपराध स्वीकार गरी बसेको’ ठहर गर्यो र तीनै जनालाई मुलुकी ऐनको आगो लगाउनेको महल १ र ४ अनुसार कसुर गरेको ठहर गर्यो ।

२०७० साल बैशाख १ गते तीनैजनालाई ६÷६ महिनाको दरले कैद सजाय र क्षति भएको ८ लाख १९ हजार रुपैयाँ तिराउने गरी आदेश दियो । तर, अदालतले आदेश जारी गरेको १० वर्षसम्म तीनैजना फरार सूचीमा रहेको थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK