Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक, २३७.२९ प्रतिशतले बढ्यो खुद नाफा

अर्थ सरोकार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले दोश्रो त्रैमासमा ४४ करोड १ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन  गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २३७.२९ प्रतिशतले धेरै हो ।

यसअवधिमा इन्स्योरेन्सको जीवन बिमा कोषको आकार २०.८४ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष जीवन बिमा कोषमा १ खर्ब २४ अर्ब ८३ करोड ९३ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको एक वर्षको अवधिमा खुद बिमा शुल्क आर्जन १.६० प्रतिशतले बढेर १८ अर्ब ४० करोड ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १८ अर्ब ११ करोड ३ लाख १६ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

पुस मसान्तसम्म आइपुग्दा कम्पनीको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १० पैसाले बढेर १० रुपैयाँ ७३ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ०१ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK