×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्तको खुद नाफा ३७.२५ प्रतिशतले घट्यो, नाफा घटेसँगै लघुवित्तको इपिएस पनि निराशाजनक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

जीवन विकास लघुवित्तको खुद नाफा ३७.२५ प्रतिशतले घट्यो, नाफा घटेसँगै लघुवित्तको इपिएस पनि निराशाजनक

Artha Sarokar

२२ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले दोश्रो त्रैमाससम्ममा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ३७.२५ प्रतिशतले थोरै हो ।

गत वर्षको सोहि अवधिमा कम्पनीले ४२ करोड १९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले घटेर ७९ करोड ४५ लाख १० हजार रुपैयाँ पुगेको छ । यस्तै, खराब कर्जा बढेका कारण इम्पेयरमेन्ट चार्जमा पनि उल्लेख्य वृद्धि भएपछि जीवन विकासको नाफामा प्रत्यक्ष असर परेको देखिएको छ ।

इम्पेयरमेन्ट चर्ज बढेका कारण सञ्चालन नाफा पनि ३७.२५ प्रतिशतले घटेर ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा ०.७५ प्रतिशतले बढेर २.८३ प्रतिशत पुगेको छ । जीवन विकासको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ छ भने जगेडा कोषमा ८५ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको खुद नाफा घटेका कारण प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८७ रुपैयाँ ८१ पैसाले घटेर ५१ रुपैयाँ २० पैसामा सीमित भएको छ । जीवन विकासको प्रतिसेयर नेटवर्थ २९४ रुपैयाँ ६९ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी