×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्स्योरेन्सको खुद नाफामा ४ प्रतिशतको बढोत्तरी, कस्तो छ समग्र कम्पनीको वित्तीय अवस्था ? (विवरणसहित)

PRIME CA

प्रभु इन्स्योरेन्सको खुद नाफामा ४ प्रतिशतको बढोत्तरी, कस्तो छ समग्र कम्पनीको वित्तीय अवस्था ? (विवरणसहित)

अर्थ सरोकार

२९ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु इन्स्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रभुको खुद नाफामा ४.२५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ९ करोड ८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा चालु आर्थिक वर्षको पुस् मसान्तसम्म ९ करोड ४७ लाख ४ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ०.१४ प्रतिशतले बढेर ४० करोड २८ लाख ३१ हजार रुपैयाँ पुगेको छ भने कम्पनीको बीमा कोषमा ९६ करोड २७ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, कम्पनीको रिजर्भ कोष २३.४० प्रतिशतले घटेर २३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ भने २०० रुपैयाँ रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: