×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्जा वौद्धिक अनुसन्धानवृतिबाट सम्मानित हुँदै नेपाल र तिवारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

इन्जा वौद्धिक अनुसन्धानवृतिबाट सम्मानित हुँदै नेपाल र तिवारी

Artha Sarokar

४ फाल्गुन २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वबिद्यालयबाट पत्रकारिता तथा आम सन्चार विषयमा विद्यावारिधी (पिएचडी) गर्दै रहेका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय–विद्यावारिधी (एमफिल–पिएचडी) गर्दै रहेका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोबलका सचिव दीपक रिजालले जानकारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित समितिको निर्णय अुनसार इन्जाले वौद्धिक अनुसन्धानवृत्ति पुरस्कृति गर्ने घोषणा गरेको हो ।

बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता बिभागमा उपप्राध्यापकको रुपमा कार्यरत रहेका छन् । २०५४ सालबाट पत्रकारिता शुरु गरेका नेपालले सुरूची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टीभी लगायत विभिन्न सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर समेत कार्य सम्पादन गरिसकेका छन् । नेपाललै हालसम्म ५ वटा पुस्तक प्रकाशित गरेका छन् ।

त्यस्तै, बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता सुरु गरेका थिए । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका तिवारी रुपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत कार्यरत रहेका छन् ।

यसअघि इन्जाले उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको थियो । वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार इन्जाको स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी