काठमाडौँ । शैक्षिक योग्यताबारे प्रश्न उठेपछि कृषि बिकास बैंक लिमिटेडका अध्यक्ष रमेश दुवाडीले राजिनामा दिएका छन् । उनी गैरकानुनी रुपमा बैंकको अध्यक्ष पदमा रहेको भन्दै अख्तियारमा उजुरी परी छानविन प्रक्रिया अगाडी बढेपछि उनले पद छोडेका हुन् ।
कृषि बिकास बैंककै एक उच्च अधिकारीले उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अख्तियारमा उजुरी गरेका थिए ।
२०७८ कात्तिक १२ गते बैंकको सञ्चालक बनेका उनी गत मङ्सिरमा बैंकको अध्यक्ष बनेका थिए । नियुक्त भएको दुई महिनामै उनले बैंक छाडेका छन् ।