काठमाडौं । विगत लामो समयदेखि मोबाइल फोन मर्मत सम्बन्धित सेवा संचालन गर्दै आएको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको इजी मोबाइल केयर प्रालिले नेपालमै पहिलो पटक ९ सय ९९ रूपैयाँमा मोबाईल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको छ ।
यस अन्तर्गत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमबाट आईफोन, शाओमी, सामसङ, वानप्लस, ओप्पो, भिभो, रियलमी, इनफिनिक्स, नार्जो लगायत २६ भन्दा बढी ब्राण्डका ६०० भन्दा बढी मोडलका बिग्रिएका मोबाईलको एलसीडी टच फेर्न सकिने छ ।
इजी मोबाईल केयरका संचालक संजीत पौडेलले नेपालमा नै पहिलो पटक यस्तो सेवा शुरु गरिएको जानकारी दिएका हुन् । ‘मानिसहरुले अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पुरै डिस्प्ले नै फेर्न बाध्य भएका छन्,’ उनले भने, ‘यो समस्यालाई समाधान गर्न हामीले बिग्रेको डिस्प्ले टच सस्तो मूल्यमा फेर्ने र मर्मत गर्ने सेवा ल्याएका छौं ।’
यसले ग्राहकहरुको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुख नहुने कम्पनीको भनाइ छ । नेपालमा आजको दिनमा हरेक घरमा हरेक व्यक्तिसँग स्मार्टफोन छ । त्यसमध्ये पनि कसैको फोन डिस्प्ले फुटेपनि मर्मत नगरी दुखका साथ चलाउनु पर्ने अवस्था छ । डिस्प्ले टचको मर्मत गर्न अहिलेको अवस्थामा कम्तिमा पनि २,५०० रुपैयाँ भन्दा धेरै खर्च लाग्ने हुँदा मर्मत नगरी चलाउने वा अर्को नयाँ फोन किन्ने गरेको पौडेलले बताए ।
‘लामो समयको अनुभव र अनुसन्धानबाट सुपथ मुल्यमै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले १०० दिनको ग्यारेन्टीका साथ रु.९९९ मा डिस्प्लेको टच फेर्न सकिने यो सेवा संचालमा ल्याएका हौं,’ उनेल भने । इजी मोबाइल केयरले मर्मत गरी फेरेको सामान १०० दिन भित्र बिग्रिएमा निःशुल्क फेरिदिने भएको छ ।
इजी मोबाइल केयरले ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको आफ्नो विश्वस्तरीय र आईएसओ मापदण्ड अन्तर्गत रहेको सर्भिस सेन्टरमार्फत नेपालमा शाओमी, रियलमी, वानप्लस, ह्वावे, जेडटीई, अल्काटेल, कुलप्याड, माइक्रोम्याक्स, इन्टेक्स, आईटेल, टेक्नो लगायत मोबाइल फोन ब्राण्डको आधिकारीक सर्भिस सेन्टर संचालन गरेको अनुभव छ ।
इजी मोबाइल केयरले हाल यो सेवा काठमाडौंमा मात्र उपलब्ध गराउने र आगामी दिनमा यसलाई देशभर ७७ जिल्लामा नै रहेका आफ्ना सर्भिस सेन्टरबाट ९९९ रुपैयाँमा डिस्प्ले टच फेरिदिने जनाएको छ । यसको लागि कम्पनीले कोरिया र चीनबाट थप अत्याधुनिक उपकरण र सामग्रीहरु ल्याउने प्रकृयामा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्