काठमाडौं । नेपाली किशोरीलाई बन्धक बनाउने चिनियाँ नागरिक पक्राउ परेका छन् । विभिन्न प्रलोभनमा पारी नेपाली किशोरीलाई बन्धक बनाएर दुव्र्यवहार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चिनियाँ नागरिक याङ ली मिङलाई पक्राउ गरेको हो ।
ललितपुरबाट पक्राउ परेका चिनियाँ नागरिकलाई जिल्ला प्रहरी परिसर ललितुरमै बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल पक्राउ परेका चिनियाँ नागरिकविरुद्ध कानुनी कार्वाही प्रक्रिया अघि बढाएको छ ।
चिनियाँ नागरिक पक्राउ परेसँगै बन्धक बनाएर दुव्र्यवहारमा परेका पाँच किशोरीको उद्धार गरिएको समेत प्रहरीले जनाएको छ । पक्राउ परेका ली मिङले बन्धक बनाइएका किशोरीमाथि यौन दुव्र्यवहार गरेको समेत आशंक गरिएको प्रहरीको आशंका रहेको छ ।