काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका दुई संचालक बर्खास्तमा परेका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु कुमार खेतान अग्रवाललाई बर्खास्त गरेको हो । संस्थागत सुशासन विपरित नियुक्त भएको भन्दै उनीहरु बर्खास्तीमा परेका हुन् ।
अध्यक्ष पौडेल र संचालक अग्रवाल तेस्रो कार्यकालका लागि कम्पनीको संचालकमा चुनिएका थिए । संस्थागत सुशासन विपरित संचालक रहँदा रहँदै पनि प्राधिकरणले कम्पनी मर्जरमा जाने सहमति अनुसार उनीहरुको नियुक्ति स्वीकृत गरेको थियो । तर, सोमबार प्राधिकरणले पत्राचार गरी अध्यक्ष पौडेल र संचालक अग्रवाललाई बर्खास्त गरेको हो ।
अध्यक्ष पौडेल र संचालक अग्रवालको बर्खास्तसंगै बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सका अर्का संचालक चन्द्रसिंह साउदलाई पनि निगरानीमा राखेको छ ।
यसअघि नेपाल इन्स्योरेन्स, प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स कम्पनी मर्जर तयारीमा समेत रहेको थियो । तर, नेपाल इन्स्योरेन्सका तीन संचालकका कारण सो मर्जर भाँडिएको कम्पनीको आरोप समेत छ । मर्जरको बाधक बनेपछि प्राधिकरणले बर्खास्त गरेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्