काठमाडौँ । केहि समय अगाडी चीनमा अपराध गरेर भागेर नेपाल आई बसेका ३६जना चिनियाँ नागरिकलाई प्रहरीले मध्येबानेश्वरबाट पक्राउ गर्यो । प्रहरीको विशेष टोलीले सो समूहलाई पक्राउ गरी डिपोर्ट गरेको थियो । त्यसअघि पनि नेपाल प्रहरीले ३ सय भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरी डिपोर्ट गरेको थियो ।
पछिल्लो समय बैंकिङ ह्याकिङमा संग्लग्न भएकाहरुदेखि नाबालिकलाई जवर्जस्ती करणी गरको अभियोगसम्ममा प्रहरीले चिनियाँ नागरिक पक्राउ गरिरहेको छ । तीमध्ये पनि चीनमा पहिला नै विभिन्न अपराधमा संग्लग्न भएकाहरु भएको खुलेको छ । यसअघि नेपालमा बैंक ह्याकमा संग्लग्न भनी पक्राउ गरेका चिनियाँ नागरिक पहिला नै चीनमा अपराधिक कार्यमा संलग्न रहेको खुलेको थियो । नेपालमा तस्करीको आरोपमा पक्राउ परेका चिनियाँ नागरिक पनि पहिला नै चीनमा अपराधमा संलग्न भएको खुलेको छ ।
नेपालमा गाउँ-गाउँमा लुक्न पुगे चिनियाँ !
केहि समय अगाडी मोफसलबाट चिनियाँ नागरिक पक्राउ गरे । उनलाई काठमाडौँ ल्याई अनुसन्धान गर्दा उनी पनि चीनमा अपराधिक कार्यमा संग्लग्न भएको पाइएपछि प्रहरीले उनलाई डिपोर्ट गर्यो । यसले पनि आफ्नो अपराध लुकाउन चीनियाँहरु भागेर नेपाल आउने र विभिन्न ठाउँमा लुकेर बस्ने गरेको तथ्य खुलेको छ । चिनियाँहरु विशेषगरी काठमाडौँको ठमेलमा बढी बस्ने र कतिपय चिनियाँहरु भने गाउँगाउँ पुग्ने गरेको तथ्य फेला परेको हो । यद्यपी प्रहरीले भने यसरी गाउँ-गाउँ पुगेका चिनियाँहरु शंकास्पद लागेमा तुरुन्त काठमाडौँ पठाउने र कानुनी कारवाही अगाडी बढाउने गरेको छ । यसले नेपालमा सुरक्षा संवेदनशीलता बढाएको जानकारहरुको ठम्याई छ ।