काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयर नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिने भएको छ ।
साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज भएर सूर्योदय वोमी लघुवित्तको नामका २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार भएको थियो । उक्त मितिबाट २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका कारण नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।
यद्दपि, एकीकृत कारोबार भएको मितिपछि सेयर खरिद गरेर कायम रहेका सेयरधनीहरुले भने लाभांश कर बापतको रकम आफैं भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्