Skip to content
LAXMI SUNRISE BANK

गरिमा विकास बैंकको ८ लाख ४९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

अर्थ सरोकार

काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ४९ हजार १ सय ९६.७७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले फागुन १७ गतेबाट ३५ दिन अर्थात, चैत २१ गते भित्र बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।

तोकिएको समय भित्र हाल कायम संस्थापकहरुबाट कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK