काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नेपाली कांग्रेस गम्भीर रहेको बताएका छन् । ‘नेपालको पछिल्लो आर्थिक अवस्थाबारे निजी क्षेत्रसँगको छलफल कार्यक्रम’मा बोल्दै थापाले बिग्रिएको अर्थतन्त्र सुधारमा नेपाली कांग्रेस गम्भीर भएको बताएका हुन् ।
कार्यक्रममा महामन्त्री थापाले अर्थतन्त्र सुधारका लागि राज्यस्तरबाट कठोर निर्णय गर्नुपर्ने तर्क प्रस्तुत गरेका छन् । ‘नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै अर्थतन्त्र सुधारको ठूलो चुनौती सामना गर्नुपर्नेछ । तर, त्यसका लागि नेपाली कांग्रेस तयार छ ।’ उनले भने- ‘यो परिस्थितिमा अर्थतन्त्र सुधारका लागि तत्काल केही कठोर निर्णय गर्नुपर्ने पनि हुनसक्छ ।’ निजी क्षेत्रहरुसँगको छलफलका क्रममा महामन्त्री थापाले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि तत्काल योजना अघि सार्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, थापाले अहिलेको जस्तो अर्थतन्त्रको चर्चा विगतमा आफूले नसुनेको बताउँदै यसले मुलुकको आर्थिक विकासमा राम्रो संकेत नगर्ने दाबी गरेका छन् । योसँगै कांग्रेस सरकारमा गएर अर्थतन्त्रमा आएको ज्वरोलाई तत्काल हटाउने काम गर्ने सांसद थापाले प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै थापाले अर्थतन्त्रको संरचना परिवर्तन नगरे जुनसुकै बेला पनि मुलुकको अर्थतन्त्र थला पर्ने दाबी गरेका छन् । ‘अहिले मुलुकमा चरम आर्थिक संकट छ । अर्थतन्त्रको संरचनामा फेरबदल नगर्ने हो भने अर्थतन्त्र जुनसुकै बेला थला पर्न सक्छ ।’ उनले भने, ‘मुलुकको अर्थतन्त्रमा अहिले ज्वरो आइरहेको छ । चालु खर्च गर्न समेत नसकेको अर्थमन्त्रालयमा सबै कुराहरु अड्केर बसेको छ । अबको सरकारले यो विषयमा ध्यान दिएर काम गर्नुपर्ने छ । अर्थतन्त्रको तथ्याङ्क हेर्दा बाटोमा बसेर कराइहाल्नुपर्ने अवस्था छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्