काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले चैत्र २४ गतेदेखि अनिश्चितकालका लागि नेपाल बन्दको घोषणा गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रसाईंले नेपाल बन्दको घोषणा गरेका हुन् ।
बन्दको घोषणा गर्दै प्रसाईंले आफूहरुको आन्दोलन हिंसात्मक नहुने दाबी गरेका छन् । ‘बैंक तथा वित्तीय संस्थाको ज्यादतीकाविरुद्धको हाम्रो अभियान र आन्दोलन हिंसात्मक हुँदैन ।’, प्रसाईंले भने, ‘चैत्र २४ गतेदेखि अनिश्चितकालका लागि नेपाल बन्द गर्छौं तर कुनै तोडफोड गर्दैनौँ । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’ पत्रकार सम्मेलनबाटै प्रसाईंले बैंकहरुले लिलामीका लागि ३५ दिने सूचना निकाल्ने काम तत्काल रोक्नसमेत माग गरेका छन् ।
त्यस्तै, आफूहरुको अभियानलाई सफल पार्न युट्युबरको भूमिका प्रशंसनीय भएको बताउँदै युट्युबरहरुलाई धन्यावाद समेत ज्ञापन गरेका छन् । ‘युट्युबर–युट्युबर भन्थै तिनै युट्युबरकै कारण अहिले बैंक तथा वित्तीय संस्थाबाट पीडित भएकाहरुको आवाज बाहिर आएको छ ।’ उनले भने– ‘उहाँहरुप्रति नमन छ । यो हाम्रो अभियानमा युट्युबरहरुको योगदान र भूमिका सम्मानयोग्य छ । तपाईहरुलाई ति गरिब, निमुखा र पीडितहरुको आशिर्वाद लाग्छ ।’
सम्मेलनकै क्रममा प्रसाईंले आफूसँगै अन्य ठूला घरानाका ब्यापारीका बारेमा पनि बुझ्न आग्रह गरेका छन् । ‘ठूला घरानाका व्यापारीको सम्पत्ति खोजिएन बरु मेरो धितो र ऋणको बारेमा खोजी गरियो । मेरो परिवार त हजार वर्षदेखि यहीँ बस्दै आएको परिवार हो तर हिजो आउने व्यापारीले १० हजार करोडको ऋण कसरी पायो ? त्यो चाहीँ अर्थ सरोकारसँग बुझिदिनुहोला ।’ उनले भने, ‘उहाँहरुले मेरो बारेमा त सबै बुझ्नुभएछ तर ठूला घरानाका व्यापारीका बारेमा पनि खोजिदिनुहोला ।’ बाँकी अंश भिडियोमा हेर्नुहोस्ः
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्