×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिटरकै १०० रुपैयाँ पुग्यो प्रशोधित दुधको मूल्य, सरकारले ९ रुपैयाँ बढाउँदा व्यापारीले १४ रुपैयाँ बढाए भाउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लिटरकै १०० रुपैयाँ पुग्यो प्रशोधित दुधको मूल्य, सरकारले ९ रुपैयाँ बढाउँदा व्यापारीले १४ रुपैयाँ बढाए भाउ !

Artha Sarokar

२६ फाल्गुन २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारी निर्णयको ठाडो अवज्ञा गर्दै निजी डेरीहरुले दुधको मूल्यमा मनोमानी बढोत्तरी गरेका छन् । शुक्रबारको मूल्य हेर्दा देशभरका निजी डेरीहरुले लिटरमै १४ रुपैयाँ बढाएर दुध बेचिरहेका छन् । सरकारले किसानले पाउने दूधको मूल्य लिटरमा ९ रुपैयाँले वृद्धि गरेको थियो। नयाँ मूल्य अनुसार अव प्रशोधित दुध लिटरकै १०० रुपैयाँ पुगेको छ ।  डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार दुधको उपभोक्ता मूल्य शुक्रबारदेखि देशभर लागू हुनेछ भने दुग्ध पदार्थको बढेको भाऊसहितको मूल्य आइतबारदेखि कार्यान्वयनमा आउने छ ।

दुधको मात्र होइन, दहि, पनिर र घ्युको मूल्य पनि बढ्यो 

यसो त निजी डेरीहरुले दुधको मूल्य मात्र होइन, अन्य दुग्धजन्य पद्धार्थको पनि भाउ बढाएका छन् । डेरीहरुले घ्युमा प्रति लिटर २०० बढाएका छन् भने पनिरको मूल्य पनि किलोमै १४० रुपैयाँ बढाइएको छ । बढेको मूल्यसूची अनुसार अव दहि एक लिटरको १९० रुपैयाँ पुगेको छ भने पनिरको मूल्य प्रतिकेजी ८४० रुपैयाँ पुगेको छ । अव नेपालका निजी डेरीहरुमा घ्युको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ पुगेको छ ।

निजी क्षेत्रले भाउ बढाएपछि दुग्ध विकास संस्थान (डीडीसी) ले पनि दूधको मूल्य बढाउने भएको छ । संस्थानले दुधको मूल्यवृद्धिका लागि मन्त्रालयमा पत्राचार गर्ने अन्तिम तयारी भएको र अर्को हप्तादेखि दुध तथा दुग्धजन्य पद्धार्थको भाउ बढ्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी