×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीमा रहेर सीआरएन नम्बर लिने नेपालीको संख्या १७ हजार नाघ्यो, आँकडा अझै बढ्न सक्ने

PRIME CA
GLOBAL IME BANK

वैदेशिक रोजगारीमा रहेर सीआरएन नम्बर लिने नेपालीको संख्या १७ हजार नाघ्यो, आँकडा अझै बढ्न सक्ने

२९ फाल्गुन २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । विदेशमा रहेर आईपीओ भर्न सीआरएन नम्बर लिने नेपालीको संख्या १७ हजार नाघेको छ । सीडिएससीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत कोटा दिने नियम लागू भएसँगै विदेशमा सीआरएन नम्बर लिने नेपालीहरुको संख्या बढेको हो ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले पनि पछिल्लो समय विदेशमा रहेर सीआरएन लिने नेपालीहरुको संख्या बढेको पुष्टी गरेका छन् । ‘विगतको तुलनामा अहिले ठूलो संख्यामा विदेशी मुलुकमा श्रम गरिरहेका नेपालीहरुले आईपीओ भर्नका लागि सीआरएन नम्बर लिएका छन् । हालसम्म सीआरएन नम्बर लिने विदेशमा रहेका श्रमिकहरुको संख्या १७ हजार नाघेको छ ।’ उनले भने- ‘एक त आईपीओमा १० प्रतिशत कोटा छुट्याएको भएर पनि यसतर्फ चासो बढेको हो । हामीले पनि सूचना जारी गरेर रेमिट्यान्स बचत खाताको आईपीओ भर्न सीआरएन नम्बर लिन समेत अपिल गरिरहेका छौँ ।

यसो त यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई रेमिट्यान्स पठाउँदा वैधानिक च्यानलबाट पठाउन प्रोत्साहन गर्ने उद्धेश्यले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपीओमा १० प्रतिशत कोटा अनिवार्य गर्नुपर्ने नियम लागू गरिएको थियो । सोही अनुसार कुनै पनि कम्पनीले आईपीओ जारी गर्दा सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा १० प्रतिशत कोटा विदेशमा रहेर श्रम गरिरहेका नेपालीहरुको लागि अनिवार्य रुपमा छुट्याउनुपर्ने हुन्छ ।

यस्तो कोटामा सहभागी हुनका लागि पहिलो विदेशमा श्रम गरिरहेका नेपालीहरुले श्रम स्वीकृति लिएको हुनुपर्नेछ । दोस्रो, अनिवार्य रुपमा रेमिट्यान्स बचत खाता खोल्नुपर्नेछ र सोही खाताबाट मात्रै आईपीओ भर्न सकिनेछ । र तेस्रो, आईपीओ भर्नका लागि सीआरएन नम्बर लिनुपर्छ । यही कारणले पनि पछिल्लो समय विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुले सीआरएन नम्बर लिने क्रम बढ्दो छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: