काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा सर्वसाधारण सेयरधनी समुहबाट प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।
सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साधारण सभा आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्नेछ । चैत १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्