काठमाडौं । साताको कारोबारको चौथो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९० हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय १४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।