काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको चैत ३ गते वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा डेलिस ओपेरा रेस्ट्रो एण्ड ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजेबाट हुने भएको हो ।
हाइड्रोपावरले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव भने गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान, नगद प्रवाह विवरण लगायतमा छलफल हुने भएको छ ।
साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गरिसकेको छ । फागुन १८ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।