काठमाडौं । स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी स्वास्थ्य बीमा बोर्डको २२ लाख रुपैयाँ लिएर फरार भएका छन् । सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् ।
उनी पुुस ११ गते फरार भए पनि हालसम्म सम्पर्कमा आएका छैनन् । अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।
हाल उनले अपचलन गरेको रकम ब्याजसहित असुल गर्न कानुुनी कारबाही अघि बढाउन लागिएको बोर्डले जनाएको छ ।