काठमाडौं । बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । लघुवित्तको आइपिओ चैत ३ गते शुक्रबार बाँडफाँट भएको हो ।
लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९ सय ५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो । सो आइपिओमा ८ हजार ९५ जना सर्वसाधारणले गोलाप्रथामार्फत् १० कित्ताका दरले सेयर हात पारेका छन् ।
उक्त आइपिओमा कुल १४ लाख ५९ हजार ७ सय ७४ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ५ सय ६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।
साथै, बिपिडब्लु लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्