काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३ लाख ९ हजार ९ सय ९१ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
जसमा संस्थापक रामकृष्ण मानन्धरले आफनो नाममा रहेको २ लाख ६३ हजार ४ सय ९६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । सो सेयरमा सनराइज बैंककै संस्थापक सेयरधनीले न्युनतम १ सय २५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् । यस्तै, संस्थापक मैयादेवी श्रेष्ठले आफ्नो नाममा रहेको४६ हजार ४९५ कित्ता सेयर बिक्री गर्न लागेकी हुन् । यसमा, सनराइजकै संस्थापक सेयरधनीले न्यूतम १२८ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्