Skip to content
LAXMI SUNRISE BANK

फोन गरेर राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपतिको बधाई, दुई देशबीचको मित्रता अझै प्रगाढ हुने विश्वास

अर्थ सरोकार

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपती मुर्मुले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएकी छिन् ।

हाल केरला भ्रमणमा रहेकी भारतीय राष्ट्रपति मुर्मुले नेपालका नव निर्वाचित राष्ट्रपति पौडेललाई फोन संवादबाटै बधाई दिएकी हुन् । बधाईसँगै उनले राष्ट्रपति पौडेललाई सफल कार्यकालको समेत शुभकामना दिएकी थिइन् ।

संवादका क्रममा राष्ट्रपति मुर्मुले नेपाल-भारतबीचको सम्बन्ध अनुपम र बहुआयामिक रहेको उल्लेख गरेकी थिइन् । योसँगै उनले आगामी दिनमा दुवै देश र देशवासीबीचको मित्रतालाई प्रगाढ बनाउनुका साथै द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने लैजाने प्रतिबद्धता जनाएकी छिन् ।

संवादका क्रममा दुवै देशका राष्ट्रपतिद्वयबीच आपसी सहयोग र सम्बन्धका बारेमा छलफल भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK