Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा, चाँदीको मूल्यमा पनि बढोत्तरी

अर्थ सरोकार

काठमाडौं । सुनको भाउ बढ्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ९ सय रुपैयाँले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ५३ रुपैयाँ कायम गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK