काठमाडौं । चितवन जुत्ता चप्पल मेलामा ग्राहकको भीड बढ्दै गएको छ । मेलामा पाइने जुत्ता-चप्पल सस्तो, आरामदायी र टिकाउ भएका कारण स्वदेशी जुत्ता–चप्पलप्रति ग्राहकहरूको आकर्षण बढेको आयोजकले बताएको छ ।
फागुन १७ गतेदेखि चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा जारी प्रथम चितवन नेपाली जुत्ता-चप्पल प्रदर्शनी तथा प्रर्वद्धन मेला २०७९ मा नेपाली ग्राहकहरूको दैनिक भीड लाग्ने क्रम जारी रहेको फुटवयर एशोसिएसन समितिका उपाध्यक्ष रुद्र न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार ग्राहकको रोजाई अनुसारका जुत्ता-चप्पलहरु विभिन्न अफरमा सहजै पाइने भएपछि मेलामा ग्राहकको उपस्थिती बढेको हो ।
मेलामा बिएफ डियरहिलर, बिएफ स्पोर्ट्स, शिखर शुज, क्रसरोड, फर्स्ट वाक, शुजल्याण्ड, रनशुज, भेनस, केटिएम शुज, शिल, हाईलाईपÞm लगायतको ब्राण्डका जुत्ता, चप्पल तथा छाला बाट उत्पादित सामाग्रीहरु उपलब्ध रहेको नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले बताएका छन् । ग्राहकको चाहानालाई मध्यनजर गर्दै आफुहरुले हरेक दिन नयाँ-नयाँ अफरका साथमा मेला चलाएको उपाध्यायले दावी गरेका छन् । ‘हामीले विभिन्न ब्राण्डका जुत्ता-चप्पलहरु एउटै छानामुनी पाउने गरी व्यवस्था गरेका छौँ ।’, उनले भने, ‘मेलामा बजारमूल्यभन्दा सस्तोमा उपभोक्ताले जुत्ता-चप्पलहरु रोजेरै लिन सकिन्छ ।’
हाल चितवन प्रदर्शनी केन्द्रको हलमा उपस्थित भएर जुत्ता-चप्पल मेलाको अवलोकन गर्नुका साथै विशेष छुटमा गुणस्तरीय जुत्ता खरिद गर्नेहरुको संख्या आकर्षक रुपमा बढेको आयोजकको दाबी छ ।
नेपाली जुत्ता सस्तो र लामो समयसम्म टिक्ने भएका कारण त्यसतर्फ आकर्षण बढेको भरतपुर २३ देखि मेलामा पुगेका दिपक नेपालीले बताएका छन् । ‘नेपाली जुत्ता अन्य विदेशी जुत्ताभन्दा राम्रो र टिकाउ हुन्छ । सस्तोमा राम्रो र टिकाउ जुत्ता पाउने भएपछि जुत्ता किन्न आएको हुँ ।’, उनले भने, ‘जुत्ता-चप्पल छानीछानी विशेष छुटमा पाउँदा निकै खुसी छु ।’
त्यस्तै, मेलामा हाल दिनमा दैनिक ५ लाख रूपैयाँ बराबरको कारोबार भइरहेको फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष एवम् मेला संयोजक सुरज बन्जाडेले बताएका छन् । उनका अनुसार हालसम्म व्यापार मेलामा करिब एक लाख भन्दा बढी ग्राहकले अनुगमन गरिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्