काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले ४१ अर्ब २ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २२ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको साउन महिनादेखि माघसम्ममा सो नाफा आर्जन गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले माघ महिनामा मात्रै ७ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । जुन चालु आर्थिक वर्षको तुलनामा १ अर्ब २२ करोडमात्रै कम हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो सात महिनामा सबैभन्दा बढी नाफा नबिल बैंकको रहेको छ । माघसम्ममा नबिलले ४ अर्ब १३ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकहरुको दोस्रो स्थानमा एनआईसी एशिया बैंक छ, जसले पछिल्लो सात महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
तेस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले ३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६६ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, माघसम्ममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २७०३.०२ मिलियन, एनएमबी बैंकले २२३५.७५ मिलियन, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २०२३.२८ मिलियन, प्राइम कमर्सीयल बैंकले १९९७.८३ मिलियन, एभरेष्ट बैंकले १८८३.४५ मिलियन, नेपाल बैंकले १७०६.६१ मिलियन खुद नाफा आर्जन गरेको छ ।
त्यस्तै, सोही अवधिमा प्रभु बैंक, सानिमा बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र एसबिआई बैंकले क्रमशः १६६०.२० मिलियन, १५३३.७४ मिलियन, १५०२.७६ मिलियन, १४५०.७३ र १३८०.१६ मिलियन खुद नाफा आर्जन गरेका छन् । योसँगै हिमालयन बैंकले १२९८.३४ मिलियन, लक्ष्मी बैंकले १२८०.४३ मिलियन, माछापुच्छ्रे बैंकले ११७८.६६ मिलियन, सिटिजन्स बैंकले १०२३.३७ मिलियन, सनराईज बैंकले ८६०.६३ मिलियन, सिभिल बैंकले ७७०.०८ मिलियन नाफा कमाएको छ भने कृषि विकास बैंकले सबैभन्दा कम १००.६२ मिलियन मात्रै खुद नाफा कमाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्