×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार २२.६५ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोमबार २२.६५ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

६ चैत्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै सोमबारको सेयर बजारमा युनिक नेपाल लघुवित्तका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा न्यादी हाइड्रोपावर, नयाँ सारथी लघुवित्त, मानुषी लघुवित्त, बिन्ध्यबासिनी हाइड्रोपावर र नेपाल रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार आइएमई जेनेरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय ४२ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, सिटिजन्स बैंक, शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सपोर्ट माइक्रोफाइनान्समा यस्तो गिरावट आउँदा स्वाभिमान लघुवित्त, सानिमा ग्रोथ फण्ड, विन नेपाल लघुवित्त वित्तिय संस्था र लक्ष्मी इक्वटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी