×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाको सञ्चालक रहेको व्यक्ति रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न पाउँदैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकले भन्यो- ‘बैंक तथा वित्तीय संस्थाको सञ्चालक रहेको व्यक्ति रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न पाउँदैन’

Artha Sarokar

९ चैत्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाको संचालक रहेको व्यक्ति रेमिट्यान्स कम्पनीको सञ्चालक बन्न भएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन जारी गर्दै बैंक, वित्तीय संस्था एवम् भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाको सञ्चालक मनिचेञ्जर र रेमिट्यान्स कम्पनीको पनि सञ्चालक बन्न व्यवस्था गरेको हो ।

‘राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थामा सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन । साथै, यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर/विप्रेषण कम्पनीको सञ्चालक/पदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक अन्य मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालक/पदाधिकारी पदमा बहाल रहन पाउने छैन ।’- राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा भनिएको छ ।

राष्ट्र बैंकले गरेको नयाँ ब्यवस्था बमोजिम नभएको खण्डमा २०८० असोज मसान्तभित्र नियमित गरिसक्नुपर्ने निर्देशनमा उल्लेख छ । तर, नेपाल सरकार वा यस बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी