काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि बैंक तथा वित्तीय संस्थाको बिदा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सूचना जारी गर्दै आगामी वर्ष २०८० का लागि बैंक बिदाको सूची सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सुची अनुसार आगामी वर्ष ४० दिन बैंक तथा वित्तीय संस्थामा पूर्ण रुपमा बिदा हुने भएको छ । तर, बिदाको दिन बैंक तथा वित्तीय संस्थाहरुमा नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा खुला रहनेछ ।
केहि बिदा भने सरकारले घोषणा गरेको बिदा अनुसार निर्धारण गरिनेछ । राष्ट्र बैंकका अनुसार बिदाको दिन बैंकिङ्ग कार्यलय समय भने बैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म हुनेछ । त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ सम्म १० बजेदेखि ४ बजेसम्म हुनेछ । शुक्रबार भने १० बजेदेखि साढे १ बजेसम्म बैंकिङ कार्यालय खोल्नुपर्नेछ । यस्तो त राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सुचीः