×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एटिसीसँग अश्लिल शब्द बोल्ने हेलिकप्टरका पाइलट निलम्बित

PRIME CA

एटिसीसँग अश्लिल शब्द बोल्ने हेलिकप्टरका पाइलट निलम्बित

अर्थ सरोकार

१० चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लिल शब्द बोल्ने (नेगेटिभ कन्भर्सेसन गर्ने) एक पाइलटलाई निलम्बन गरेको छ ।

काठमाडौँ-लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन् । ‘यही मार्च २१ २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको छ ।’, प्रवक्ता निरौलाले भने, ‘ती पाइलटले एटीसीसँग अश्लिल शब्द बोलेको हुन् । थप अनुसन्धान जारी छ ।’

त्यस्तै, उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ ।

एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन नपाउने प्राधिकरणले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: