काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत्र महिनामा विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैंकले पोखरा महानगरपालिका-२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समुहलाई फोहोरमैलाको अल्पकालिन व्यवस्थापनका लागि आवश्यक पर्ने डस्टविन हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामुलक सन्देशमुलक वोर्डहरु हस्तान्तरण गरेको छ ।
साथै, बैंकले घोराही उप-महानगरपालिका-१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई cctv क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं .०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।
यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्