काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्थतन्त्रको ज्ञान भएको व्यक्तिलाई अर्थ मन्त्रालय दिनुपर्ने बताएका छन् ।
पत्रकारसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले अर्थमन्त्रालय देशको अर्थतन्त्रबारे ज्ञान भएकोलाई दिनुपर्ने बताएका हुन् । ‘अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस् जसले देशको अर्थतन्त्रलाई राम्ररी बुझ्न सकेको छ ।’, उनले भने, ‘अर्थतन्त्रको ज्ञान भएकोलाई अर्थ मन्त्रालय दिँदा समस्याको कारण पत्ता लगाएर समाधान खोज्न सक्छ । त्यस्ता व्यक्तिलाई खोजेर मात्रै अर्थ मन्त्रालयको जिम्मा दिनुपर्छ ।’
यता अर्थमन्त्रालय कसले लिने भन्ने विषयमा भने हालसम्म गठनबन्धनमा रहेको काँग्रेसले अर्थ मन्त्रालय पाउने लगभग पक्का भएको छ । अर्थ मन्त्रालय कांग्रेसले पाए गृह मन्त्रालय माओवादी केन्द्रले नै पाउने स्थिति हालसम्म देखिएको छ ।