×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउने कुरा के भयो ?’ : सांसद पौडेलको प्रश्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बैंकको ब्याजदर सिंगल डिजिटमा ल्याउने कुरा के भयो ?’ : सांसद पौडेलको प्रश्न

Artha Sarokar

१९ चैत्र २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मओवादी केन्द्रका सांसद देबेन्द्र पौडेलले अर्थतन्त्र निकै नाजुक अवस्थामा रहेको भन्दै सरकारलाई श्वेतपत्र जारी गर्न माग गरेका छन् । प्रतिनिधि सभाको चैत १९ गते आइतबार बसेको बैठकमा बोल्दै उनले श्वेतपत्र जारी गर्न माग गरेका हुन् ।

आर्थिक प्रणालीमा सुधार गर्ने गरी तत्काल श्वेत पत्र जारी गरिनु पर्ने पौडेलको माग रहेको छ । ‘सरकारी ढुकुटी घाटामा छ । सहकारीका बचतकर्ता भागाभाग छन् ।’ पौडेलले भने ‘ब्याजदर सिंगल डीजीटमा ल्याउने कुरा के भयो ?’

उनले देशको अर्थतन्त्र सुधारिँदैछ भन्ने दिलाउने गरि सरकारले योजना ल्याउनुपर्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी