काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले नेपालमा स्टार्टअप उद्यमी एवं साना उद्योगी व्यवसायीलाई उद्योग व्यवसायमा सवल बनाउनका लागी राज्य स्तरबाट नीतिगत संरक्षण र प्रर्वद्धनको योजना बनाइनुपर्नेमा जोड दिएका छन् ।
उद्योगी व्यवसायीको यति ठुलो सञ्जाल भएपनि उद्योग व्यवसायको वातावरण निर्माणका लागी दिर्घकालिन महत्वका कामहरु समेत हुन नसकेको बताएका छन् । अवको उद्योग वाणिज्य संघको नेतृत्वले संस्थाको इतिहासमै सम्झनलायक विभिन्न ब्रेक थ्रु योग्य कामहरु गरेर देखाउने विश्वास व्यक्त गरे । ‘हाम्रो टिम स्पष्ट योजना, स्पष्ट खाका अनि स्पष्ट गन्तव्य सहित उद्योग वाणिज्य महासंघको नेतृत्वका लागी अधिकाँस व्यवसायीहरुको भरोषा र विश्वास लियर मैदानमा उत्रेका छौँ, यो रुपान्तरणको अभियानमा सम्पुर्ण व्यवसायीहरु एक कदम अगाडी बढेर हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’ सुमार्गीले स्पष्ट पारे ।
उनले जिल्ला नगलाई अझ सवल एवं व्यवसायीहरुका समस्या, क्षमता विस्तार, व्यवसाय विकासका लागी आवश्यक विभिन्न कामहरु सबैमा आफ्नो निरन्तर सहकार्य र सहयोग रहने प्रतिवद्धता जनाए ।
उद्योग वाणिज्य महासंघको चुनावमा जिल्ला नगर उपाध्यक्षमा सुमार्गीको प्रवेश पछि महासंघको चुनाव अझ बढी चलायमान बनेको छ ।