×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनमा चुनावको उत्साहः घरदैलो अभियानलाई तिव्रदा दिँदै रास्वपाका रवि, कस्तो छ माहोल ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चितवनमा चुनावको उत्साहः घरदैलो अभियानलाई तिव्रदा दिँदै रास्वपाका रवि, कस्तो छ माहोल ?

Artha Sarokar

२४ चैत्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उपनिर्वाचनको मिति नजिकिएसँगै चितवनमा चुनावको उत्साह बढ्दै गएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि साना तथा ठूला दलहरु निर्वाचन लक्षित कार्यक्रम गर्नमै व्यस्त बनेका छन् ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले उम्मेदवारी दर्ता गरेसँगै घरदैलो तथा कार्यक्रता भेटघाटलाई तीव्र दिएका छन् । रविका निजी सचिव प्रकाश सिग्देलका अनुसार मनोनयन दर्ता गर्नुअघिदेखि नै निर्वाचनको तयारी गरिएको हो । मनोनयन दर्तासँगै दलका नेता कार्यक्रर्ता भेटघाटलगायत काममा व्यस्त भइरहेको उनले जानकारी दिएका छन् ।

कालिका नगरपािलका-५ बाट घरदैलो कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिँदै सिग्देलले रास्वपाले घरदैलो कार्यक्रमलाई तीव्र बनाउने बताए । घरदैलोका क्रममा कोणसभा केही स्थानमा हुने उनको भनाई छ ।

त्यस्तै, सत्तागठबन्धनसहित तीन दलहरु र अन्य साना दलहरुले समेत निर्वाचन लक्षित आफ्ना कार्यक्रमलाई तीब्र बनाएका छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी जिल्लामा आएर आफ्नो पार्टीका चुनावी कार्यक्रममा सहभागी भएका छन् । अन्य साना दल र स्वतन्त्र उम्मेदवारले समेत प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित रास्वपाका केन्द्रीय सभापति लामिछाने नागरिकता मुद्दामा दोषी ठहरिएपछि सांसद पद खारेज भएको थियो । लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार छ सय ९५ जनाले मतदान गर्न पाउनेछन् । उनीहरुले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी