काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेको अर्थ मन्त्रालयले सरोकारवाला निकायसँग सुझाव मागेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८० ८१ को बजेटसँग सम्बन्धित विषयमा खुला सुझाव माग गरेको हो ।
मन्त्रालयले बजेट निर्माणका सन्दर्भमा माग गरिएका सुझावहरु बैशाख १५ गतेभित्रै पेश गर्न समेत आह्वान गरेको छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरु पठाउन सक्नेछन् ।
अर्थ मन्त्रालयले विभागीय मन्त्रालयहरुबाट बजेट तथा कार्यक्रम माग गरेको छ । सोही अनुसार मन्त्रालयहरु नयाँ बजेटको निर्माणमा जुटेका छन् । नेपालको संविधान अनुसार १५ जेठमा संघीय सरकारले संसदमा बजेट पेश गर्नुपर्छ । आगामी वर्ष सरकारले १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा भित्र रहेर बजेट बनाउँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्