काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ५.५४ अंकले बढेर १८४४.०४ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २६१ कम्पनीको २९ लाख ६० हजार ८ सय ६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा सानिमा मिडेल तमोर हाइड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यस अलावा कालिन्चोक दर्शन लिमिटेड, बाराही हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, शुभम् पावर र बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ६ करोड ७८ लाख ५५ हजार ७ सय ४२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा सानिमा मिडेल तमोर हाइड्रोपावर, एनआइसी एशिया बैंक,नबिल बैंक, हिमालयन डिष्ट्रिलरी र सानिमा माइ हाइड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थामा यस्तो गिरावट आउँदा बलेफी हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर, मैलुङ खोला जल बिद्युत र युनिक नेपाल लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्