काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ । मतदान चलिरहेका बेला जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि रोकिएको मतदन पुनः सुरु भएको हो ।
हाल मतदान स्थलको सुरक्षामा थप कडाई गरिएको छ । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ । निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ ।
मतदान ४ बजेसम्म जारी रहेनछ । महासंघको विधानअनुसार अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः चयन हुनेछन् । उनी अहिले महासंघको बरिष्ठ उपाध्यक्ष छन् ।
कार्यसमितिका लागि ४ सदस्य सर्वसम्मत चयन भएका छन् । सर्वसम्मत हुनेमा लुम्बिनी प्रदेशबाट जम्शेर मिया, राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी, संस्थापक सदस्यको तर्फबाट भीष्मप्रसाद न्यौपाने र सुदूरपश्चिम प्रदेशको तर्फबाट जंगबहादुर मल्ल हुन् ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षसहित बाँकी ५९ कार्यसमिति सदस्यका लागि निर्वाचन सुरु भएको छ । बरिष्ठ उपाध्यक्षमा चयन हुने व्यवसायी उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी मैदानमा छन् । उनीहरु आ–आफ्ना प्यानल बनाएर चुनावमा प्रतिष्पर्धा गर्दै छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्