काठमाडौं । माई खोला हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४ सय ११ कित्ता सेयर निष्काशन गर्न लागेको हो । कुल १५ लाख २९ हजार ४ सय ११ कित्ता सेयरमध्ये ७६ हजार ४ सय ७१ कित्ता म्युचुअल फण्ड र ३० हजार ५ सय ८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो ।
उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, सो सेयरमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा बैशाख २४ गतेसम्म खुला रहनेछ ।
यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्