×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३०औं वर्षमा प्रवेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३०औं वर्षमा प्रवेश

Artha Sarokar

१ बैशाख २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको छ ।

बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ्सको छाताअन्तर्गत नेपालमा विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १९९३ मा नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना गरेका थिए । आजको दिनमा देशकै एक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको नर्भिकले दावी गरेको छ ।

नर्भिक अस्पतालले ३०औं वार्षिकोत्सवको अवसरमा अफरहरु समेत ल्याएको छ । हस्पिटलको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी हर्षोल्लासका साथ मनाउने तथा सो उपलक्ष्यमा तपशील बमोजिम छुट हुने अस्पतालले जनाएको छ ।

  • अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट
  • लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट
  • आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट
  • म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट
  • पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने
  • बैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गरिने

ग्राहकहरुले उल्लेखित छुटहरुको लाभ लिनेछन् भन्ने अस्पतालको विश्वास रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी