काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । बिहिबार १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेकोछ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।