काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा पुगेको हो । आइतबार नेप्सेमा कुल २६५ कम्पनीको ३० लाख ५६ हजार ७ सय ७५ कित्ता सेयर खरिद बिक्री हुँदा ९७ करोड अर्ब ४५ लाखमाथिको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी कारोबार सोल्टी होटेलको भएको छ । यस कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोल्टी होटेलको भएको छ । यस कम्पनीको ३ करोड ८९ लाख ४ हजार ४ सय ९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा एनआइसी एशिया बैंक, शिवम् सिमेन्ट, सगरमाथा जलविद्युत कमपनी र तारागन रेजेन्सी होटेल लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा पनि आदर्श लघुवित्त वित्तिय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी, कालिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा तारागन रेजेन्सी होटेल लिमिटेड, धौलागिरी लघुवित्त वित्तिय संस्था, सोल्टी होटेल र सनराइज ब्लुचिप फण्ड का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैगरी आइतबारको सेयर बजारमा एशियन हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । एशियन हाइड्रोपावरको सेयरमा यस्तो गिरावट आउँदा सगरमाथा जलविद्युत कमपनी, आरबिबि म्युचुअल फण्ड-१, महुली लघुवित्त वित्तिय संस्था, ग्रामिण विकास लघुवित्त वित्तिय संस्था,युनिक नेपाल लघुवित्त वित्तिय संस्था र युनिलिभर नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्