×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईटाली दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ईटाली दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

Artha Sarokar

४ बैशाख २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ईटाली दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला कालीकोट सान्नी त्रिवेणी गाउँपालिका वडा नं.५ स्थाई घर भई हाल गोंगबु बस्ने २८ वर्षीय सुधन कुमार शाही र जिल्ला सोलुखुम्बु सोलु दुधकुण्ड न.पा. वडा नं.१ स्थाई घर भई हाल टोखा बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ पक्राउ परेका हुन् ।

शाहीले बिपिन खत्री सहित २२ जनालाई वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतको देशहरूमा पठाईदिन्छु र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाईदिने साथै मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भनी पिडितहरूलाई विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले सम्बन्धित देशहरुमा जानका लागी प्रतिव्यक्ति ५ लाख मात्रै लाग्ने भन्दै पिडितहरुबाट पटक पटक गरी ६६ लाख ३७ हजार ठगी गरी सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ । पिडितहरूबाट जाहेरी दरखास्त परेपछि प्रारम्भिक अनुसन्धान लगत्तै खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलिले चैत्र ३० गते साँझ ५ बजे काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी