काठमाडौं । साताको कारोबारको दास्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २३.६३ अंकले घटेर १९०८.०५ बिन्दुमा पुगेको हो । सोमबार नेप्सेमा कुल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड २ लाख ४३ हजार ६ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा पनि आदर्श लघुवित्त वित्तिय संस्था, कालिन्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीहरुको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेका हुन् । यस अलावा सिभिल बैंक डिबेन्चर २०८८, सामलिङ पावर कम्पनी, ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८, विन नेपाल लघुवित्त वित्तिय संस्था र अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो ।सनराइज ब्लुचिप फण्डमा यस्तो गिरावट आउँदा एनआइसी एशिया ग्रोथ फण्ड, उन्नती सहकार्य लघुवित्त वित्तिय संस्था, उपकार लघुवित्त वित्तिय संस्था र कालिका लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ७ करोड २ लाख ४३ हजार ६ सय ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, एनआइसी एशिया बैंक, माछापुच्छ्रे बैंक, हिमालयन डिस्टिलरी, सोल्टी होटेल, कुमारी बैंक र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्