काठमाडौं । साताको कारोबारको तेस्रो दिन (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोही मुल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने सोमबारको तुलनामा तोलाको १५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदिको मूल्य मंगलबार १ हजार चार सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ९४ हजार ३ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ कायम गरेको छ ।