Skip to content
LAXMI SUNRISE BANK

नेष्डो लघुवित्तलाई १७.९३ प्रतिशत मात्रै लाभांश बाँड्न राष्ट्र बैंकको निर्देशन, तत्काल कार्यान्वयन नगर्ने

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन गरिदिएको छ ।

नेष्डो लघुवित्तले ५० प्रतिशत बोनस सेयर र करसहित २३.६८५ नगद गरी कुल ७३.६८५ लाभांश वितरण गर्ने घोषणा गरे पनि राष्ट्र बैंकले वैशाख ४ गते लघुवित्तलाई पत्र पठाउँदै बोनस सेयर र नगद गरी कुल १७.९३४२ प्रतिशत मात्रै लाभांश वितरण गर्न स्वीकृति दिएको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले सेयधनिले पाउने प्रतिफलको अधिकार समेत हनन हुन पुगेको, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्था सम्बिन्ध ऐनमा भएको व्यवस्थाको समेत प्रतिकुल प्रभाव देखिएकोले राष्ट्र बैंकको उक्त निर्णय एव्म जानकारी लाई तुरुन्त कार्यान्वयन प्रक्रिया बढाउन नसकिने लघुवित्तद्धारा जारी सूचनामा उल्लेख छ ।

संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृती, प्रचलित ऐन, कानून, निर्देशन र राष्ट्र बैंकका विगतका व्याख्या र संस्थागत अभ्यास समेतको तथ्यपूर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्नुपर्ने निर्णय कम्पनीको सञ्चालक समिति बैठककले गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK