Skip to content
LAXMI SUNRISE BANK

मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ 

अर्थ सरोकार

काडामाडौँ । मलेसिया पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा काठमाडौँबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका –१० स्थित बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छिन् । 

वैदेशिक रोजगारीको लागि राम्रो कम्पनीमा मलेसिया पठाइदिन्छु भन्दै कमल चौधरीलाई प्रलोभनमा पारी रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनलाई पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK