×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेजिङ्ग कारोबार गर्ने पहिलो बैँक बन्यो एनएमबी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हेजिङ्ग कारोबार गर्ने पहिलो बैँक बन्यो एनएमबी 

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एनएमबी बैंक हेजिङ्ग कारोबार सम्पन्न गर्ने नेपालको अग्रणी वाणिज्य बैंक भएको छ ।

द करेन्सी एक्सचेन्ज फन्ड, अम्सट्रेडम र करेन्सी रिक्स सोलुसन, वासिङ्टनसँगको सहकार्यमा ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापूर्वक हेजिङ्ग कारोबार गरी नेपालकै पहिलो हेजिङ्ग कारोबार सम्पन्न गर्ने अग्रणी वाणिज्य बैंक भएको हो ।

नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागी प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्बन्धित कारोबार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो । सो कार्य सफलतापूर्वक सम्पन्न गर्न आफ्नो विशेषज्ञता उपलब्ध गराएकोमा टीसीएक्स र एमएफएक्स  प्रति एनएमबी बैंक आभारी आभार प्रकट गरेको छ ।

यस हेजिङ्ग कारोबारले बैंकको वित्तीय संयन्त्र विकास र प्रयोग प्रतिको प्रतिबद्धता दर्शाएका एनएमबी बैँकले जनाएको छ । अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्ने कुरामा एनएमबी बैंक विश्वस्त रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी