×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १० जनाको जाहेरी 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १० जनाको जाहेरी 

Artha Sarokar

६ बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोह विरुद्ध थप १० जनाले जाहेरी दिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनी बिभिन्न किसिमका प्रलोभनमा पारी ठगी धन्दा चलाउँदै आएका सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललगायत विरुद्ध उजुरी परेको परेको हो । 

उनीहरु विरुद्ध कास्की, दाङ, मोरङ, रुकुम लगायत जिल्लाहरूका १० जना पीडितहरूले करिब ५ करोड १९ लाख ९७ हजार भन्दा बढी ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलय १० वटा छुट्टा छुट्टै जाहेरी दिएका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रवक्ता राठौरका अनुसार उक्त सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरू आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।  उनहिरुले सर्वसाधारणलाई २०७७ साल देखि ठगी गर्दै आएको पाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी