काठमाडौँ । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउपालिका –६ पाखरटोल स्थाई घर भई हाल काठमाडौँ महानगरपालिका –१० स्थित नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारी रहेका छन् ।
भण्डारीले मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीको लागि राम्रो कम्पनीमा पोर्चुगल पठाइदिन्छु विश्वास दिलाइ प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा १५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलय खटिएको प्रहरी टोलीले भण्डारीलाई वैशाख ५ गते काठमाडौँ महानगरपालिका –१३ ताहाचालबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्